माडी (स्थानीय) खबर पोष्ट

दुम्सीले फाइबर काट्दा माडीमा टेकमाइन्ड्स इन्टरनेट सेवा अवरुद्ध

चितवन, ०७ असार ०८३ — निकुञ्जभित्र बिछ्याइएको अप्टिकल फाइबर तार दुम्सी (वा मुसा)ले काटेसंगै माडी क्षेत्रभर टेकमाइन्ड्स नेटवर्कको इन्टरनेट सेवा अवरूद्ध भएको छ ।

इन्टरनेट र टि.भि. सेवा प्रदायक टेकमाइन्ड्स नेटवर्कको माडी शाखाका अनुसार चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत रूपमा बिछ्याइएको मुख्य अप्टिकल फाइबर तार जङ्गली जनावर दुम्सी (वा मुसा) ले टोकेर चुडालेका कारण आइतबार दिउँसो २:०० बजेदेखि सेवा अवरुद्ध भएको हो।

समस्या देखिनासाथ प्राविधिक टोली निकुञ्जको जङ्गल क्षेत्रमा प्रवेश गरी खराबी (फल्ट) पत्ता लगाउने र मर्मत गर्ने कार्यमा जुटिरहेको कम्पनीले जनाएको छ । जङ्गलको कठिन भूगोल र प्राविधिक जटिलताका कारण सेवा पुनः पूर्णरूपमा सञ्चालनमा आउन केही समय (सम्भवतः सोमबार दिउँसोसम्म) लाग्ने सम्भावना रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया