धर्म-संस्कृति पोष्ट

सोमेश्वरगढीमा भोलि जेठअसारी पूजा, माडीभर बरना गर्ने आह्वान

चितवन, ०७ असार ०८३ — तराईको सगरमाथाका रुपमा परिचित माडीको सोमेश्वरगढीमा गतबर्षझैं यसबर्ष पनि जेठअसारी पुजा हुने भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भोलि (असार ८ गते) जेठ शुक्ल अष्टमी तिथीका दिन दक्ष गुरौद्वारा जेठअसारी पुजा हुने भएको हो ।

राम्ररी बर्षा भई खेतीबाली सप्रियोस र कुनै रोगब्याधीले नसताओस् भन्ने प्रार्थना सहित जेष्ठ/असार महिनामा जेठासी पूजा गर्ने र त्यसपश्चात सोमेश्वर कालीकालाई धन्यवाद स्वरुप कार्तिक महिनामा पुनः अर्को पूजा गर्ने प्रचलन रहेको थारु अगुवाहरु बताउँछन् ।

सो पूजामा सहभागी भई प्रसाद ग्रहण गर्न र पूजाको दिन माडीभर बरना (हलो बार्ने प्रचलनको थारु नाम) गर्न पनिआयोजकले सार्वजनिक आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया