चितवन, ०७ असार ०८३ — चितवनको माडी नगरपालिकामा सम्पन्न नगर स्तरीय आधारभूत तह (कक्षा १–८) नृत्य प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा कृष्णनगर माध्यमिक विद्यालयले द्वितीय स्थान प्राप्त गर्दा दिवाकर स्मृति माध्यमिक विद्यालय तृतीय स्थानमा रहन सफल भएको छ। त्यस्तै, आधारभूत विद्यालय रतनी धोवाहालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।
जनजीवन माध्यमिक विद्यालयको आयोजनामा तथा माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानको प्रवर्धनमा सम्पन्न उक्त प्रतियोगितामा माडी नगरभित्रका १८ वटा विद्यालयको सहभागिता रहेको थियो।

कार्यक्रम नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल एवं विभिन्न वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
— — —



