माडी (स्थानीय) खबर पोष्ट

माडीमा श्रम डेस्क स्थापनाका लागि अभिमुखिकरण, श्रमिक अधिकार र सामाजिक सुरक्षा जोड

चितवन, ०८ असार ०८३ — माडी नगरपालिकामा श्रम डेस्क स्थापनाको पैरवी गर्ने उद्देश्य सहित स्थानीय श्रम ऐन सम्बन्धी (एक दिने) अभिमुखिकरण गरिएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना, माडी नगरपालिकाको समन्वय र एक्सन एडको सहयोगमा होटल प्याराडाइजको सभाहलमा सो कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा माडी नगर उपप्रमुख खेमप्रसाद महतोको विशेष उपस्थिति र वडाध्यक्षहरु दीपेन्द्रराज पौडेल, गणेश कुमार विश्वकर्मा, उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य तुलसी, नागरिक समाज माडीका संयोजक रमाकान्त सापकोटा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विक्रम सुनारले श्रम डेस्क स्थापना तथा स्थानीय श्रम ऐन सम्बन्धी कानुनी व्यवस्था बारे प्रशिक्षण सहजिकरण गर्नुभएको थियो । श्रम डेक्सबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, श्रमिकहरुका उजुरी तथा गुनासोको सुनुवाइ गर्ने, श्रमिक तथा रोजगारदाता विचमा असल सम्बन्ध स्थापित गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लगायतको काम हुने सुनारले थाहा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया