खेल र खेलाडी पोष्ट

माडीका ललित राउतलाई राष्ट्रिय एथलेटिक्समा रजत पदक

चितवन, ०७ असार ०८३ — कर्णाली प्रदेशको सुर्खेतमा आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनशिप–२०२६ मा बागमती प्रदेशबाट सहभागी हुनुभएका माडीका खेलाडी ललित राउतले रजत पदक जित्नुभएको छ ।

राउतले १२.१९ मिटर थ्रो गर्दै दोश्रो (रजत) पुरस्कार पाउनुभएको हो । नेपाल एथलेटिक्स संघद्वारा आयोजित सो स्पर्धामा कर्णाली प्रदेशका तिलक बि.क. १२.४७ मिटर थ्रो गर्दै प्रथम (स्वर्ण पदक) र नेपाली सेनाका राईबहादुर शाहीले ११.५८ मिटर थ्रो गर्दै तेश्रो (काश्य पदक) स्थान जित्नुभयो ।

राउतलाई कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो । राउतले गतसाता मात्रै तेस्रो बागमती प्रदेशस्तरीय बृहत् खेलकुद प्रतियोगितामा सर्टपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्णपदक (प्रथम स्थान) जित्नुभएको थियो ।

तपाईको प्रतिक्रिया