चितवन, ०७ असार ०८३ — चितवनको भरतपुरमा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनस्थलमा रास्वपा माडीले माडीको पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी ब्यानर राखेको छ ।
माडीका विभिन्न पर्यटकीय स्थल र यहाँका होमस्टेहरुको जानकारी दिनेगरी फ्लेक्स ब्यानर राखिएको रास्वपा युवा अगुवा रामचन्द्र लम्सालले बताउनुभयो । महाधिवेशनमा सहभागी हुन देशैभरबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरुलाई माडीबारे जानकारी दिन एवं माडीको पर्यटन प्रवद्र्धन गर्न बोर्ड राखिएको उहाँले जनाउनुभयो ।
रास्वपा महाधिवेशन उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । तीन दिनसम्म चल्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।




