चितवन, ०६ असार ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति आफ्नो पार्टी कहिल्यै विचलित नहुने’ बताउनुभएको छ ।
शनिबार चितवनमा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान देशका त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलब्धि भएको’ उल्लेख गर्दै गणतन्त्र र संविधानप्रति आफ्नो पार्टी कहिल्यै विचलित नहुने’ बताउनुभएको हो ।
यसैबीच, रास्वपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटनअघि कुनै र्याली नगर्ने निर्णय गरेको छ । पार्टीका चितवन सभापति मिनिमाधव खनालका अनुसार सिधै उद्घाटन सत्रबाट कार्यक्रम सुरु हुनेछ । महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु भएर असार ९ गतेसम्म चल्नेछ ।

महाधिवेशनमा पालिका, जिल्ला, प्रदेश र केन्द्रका विभिन्न तहका करिब ४,२१० पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ ।



