माडी (स्थानीय) खबर पोष्ट

माडी क्याम्पसमा बि.बि.ए. र बि.एड. विद्यार्थीलाई निःशुल्क होस्टेल सुविधा

चितवन, ०७ असार ०८३ — माडी क्याम्पसले बि.बि.ए. र बि.एड. अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क छात्रबास (होस्टेल)को व्यवस्था गर्ने भएको छ । दूरदराजका गाउँबाट आउने तथा देशका विभिन्न भागबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गरी होस्टेल व्यवस्था निःशुल्क गरिने क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले जानकारी दिनुभयो ।

क्याम्पसमा क्यान्टिन सुविधा पनि उपलब्ध रहेको र खानपानको खर्चलाई पनि किफायती बनाउने योजना रहेको उहाँले बताउनुभयो । बागमती विश्वविद्यालयको आंगिक क्याम्पसका रहेको सो क्याम्पसमा बि.बि.ए. कार्यक्रम नेपालमै सबैभन्दा सस्तो शुल्कमा अध्ययन गर्न सकिने समेत उहाँले जनाउनुभयो ।

सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकहरूले शिक्षण गराउने, पुस्तकालय, स्मार्ट बोर्ड, प्रोजेक्टरजस्ता प्रविधिमैत्री साधनको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अपनाइएको क्याम्पसले जनाएको छ ।

क्याम्पसमा हाल भर्ना प्रक्रिया चलिरहेको र (२०८३) असार मसान्तभित्र भर्ना फर्म बुझाउनुपर्ने समयसीमा रहेको छ । साउन दोश्रो साता प्रवेश परीक्षा, दोश्रो सातादेखि भर्ना, तेश्रो सातादेखि कक्षा सञ्चालन पुस अन्तिम साता पहिलो समेष्टरको अन्तिम परीक्षा सञ्चालन हुने कार्यतालिका रहेको छ

तपाईको प्रतिक्रिया