चितवन खबर पोष्ट

नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा सुनिलकुमार श्रेष्ठ

चितवन, १६ असार ०८३ — नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा माडी-८, शिवद्वार निवासी युवा पत्रकार एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य सुनिलकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

सोमबार भरतपुरमा सम्पन्न दबूको नवौँ साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

निर्वाचन समितिका संयोजक ईश्वरकुमार जोशीका अनुसार समितिको उपाध्यक्षमा विनिता श्रेष्ठ, सचिवमा रजनी श्रेष्ठ, सहसचिवमा विपन श्रेष्ठ तथा कोषाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ चयन हुनुभएको छ। यस्तै, कार्यसमिति सदस्यहरूमा मनिषा श्रेष्ठ, उमेश श्रेष्ठ, विवश श्रेष्ठ र राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

अधिवेशनमा नेवाः पत्रकार राष्ट्रिय दबूका संघीय उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सचिव सन्दीपकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीलगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष सुनिलकुमार श्रेष्ठले संगठनको गरिमा अभिवृद्धि गर्दै सदस्यहरूको हित र पत्रकारिताको विकासका लागि समर्पित भएर आगामी तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया