नारी अभ्युदय केन्द्रले बालबालिकाको लागि प्रहरी–नागरिक अभियान, नेपाल नामक संस्थामा राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा दही–चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ४० जना विद्यार्थी तथा व्यवस्थापन टोलीका सदस्यलाई दही–चिउरा खुवाइएको थियो। नेपाली मौलिक संस्कृति, परम्परा र राष्ट्रिय धान दिवसको महत्वबारे बालबालिकालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
यस्ता कार्यक्रमले बालबालिकामा नेपाली संस्कृति र सामाजिक सद्भावप्रति सकारात्मक भावना विकास हुने विश्वास व्यक्त गर्दै आयोजकले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।




