माडी (स्थानीय) खबर पोष्ट

रामकृष्ण चौधरीको इच्छाअनुसार माडीमा खुला रक्तदान कार्यक्रम

चितवन, २३ असार २०८३ — दिवंगत समाजसेवी रामकृष्ण चौधरीको स्मृतिमा माडी नगरपालिकामा खुला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम बुधबार (भोलि असार २४ गते) बिहान ७:३० बजेदेखि माडी नगरपालिका-३, बघौंडा गाउँस्थित चौधरीको पारिवारिक निवासमा सञ्चालन हुनेछ।

चौधरी परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ (माडी), शिव मन्दिर टोल विकास संस्था बघौंडा, ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र माडी, बर्डस् नेपाल बघौंडा, माडी नगर योग समिति, माडी जेसिज, माडी प्रज्ञा प्रतिष्ठान र स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुरको सह-आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो।

नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका पूर्व सभापति समेत रहनुभएका चौधरीले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। ८० वर्षको उमेरमा गत असार १४ गते मुटुको शल्यक्रियाका क्रममा उहाँको निधन भएको हो। दिवंगत चौधरीको इच्छाअनुसार उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको जनाउँदै आयोजक पक्षले कार्यक्रममा सहभागी भई रक्तदान गर्न सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया