खेल र खेलाडी पोष्ट

इङल्यान्डविरुद्ध पुनरागमन गर्दै अर्जेन्टिना विश्वकप–२०२६ को फाइनलमा

चितवन, ३२ असार २०८३ — फिफा विश्वकप–२०२६ अन्तर्गत दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इङल्यान्डलाई २–१ ले पराजित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्‍याएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए। दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई १–० को अग्रता दिलाएका थिए।

खेलको अन्त्यतिर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यता पराजित इङल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया