नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भएकाले हुुँदा संवाद, सहमतिका लागि अपील गरेका छन् ।
जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन ओलीले आग्रह गरेका छन् । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको ओलीले बताएका छन् ।
See less




