चितवन, २० श्रावण २०८३ — चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत भरतपुर–२९ सेतीदोभानमा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक लमजुङ राईनास–४ का ५० वर्षीय बलराम पराजुली गम्भीर र पछाडि सवार गोरखा सिराञ्चोक–१ का २० वर्षीय प्रशान्त घिमिरे मध्यम घाइते भएका छन्। उनीहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीले ट्रक र चालक राजु विकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।




