चितवन, ५ मंसिर, २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमै बिना विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका जर्ज मुन्सीले ५४ बलमा अविजित १२५ रनको विस्फोटक शतकीय इनिङ्स खेले भने विनोद भण्डारी ३० रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले यसपटक भने उपाधि जित्दै अघिल्ला दुई संस्करणको फाइनल हारको पीडा बिर्साएको छ ।










