१७ विकेटसहित रिजन ढकाल बने एनपीएल–३ का सर्वोत्कृष्ट बलर, जिते कार र बाइक

चितवन, ५ मंसिर, २०८३ । चितवन राइनोजका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट बलर घोषित भएका छन् । शनिबार मंसिर ५ गते उनलाई सर्वोत्कृष्ट बलर चुनिएको हो ।

रिजन यस सिजनका ‘ओमोडा इलेक्ट्रिफाई प्लेयर अफ द टुर्नामेन्ट’ समेत घोषित भए । उनले पुरस्कारस्वरूप ओमोडाको जेईको जे फाइभ प्रो कार र पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।

रिजनले यस सिजन सर्वाधिक १७ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । आठ खेलमा २७ ओभर बलिङ गरेका उनले ९.८८ को इकोनोमी कायम गरेका थिए ।

पहिलो संस्करणदेखि नै चितवन राइनोजबाट खेल्दै आएका रिजनको टोली भने दोस्रो क्वालिफायरबाटै बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया