स्वदेशपोष्ट विशेष

माडीमा पहिलोपटक निःशुल्क फोटोग्राफी र भिडियोग्राफीको तालिम सञ्चालन सुरुवात

माडीमा पहिलोपटक निःशुल्क फोटोग्राफी र भिडियोग्राफीको तालिम सञ्चालन सुरुवात भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज, बसन्तपुर, चितवनको आयोजना तथा प्रकाश साउण्ड सर्भिस, बसन्तपुरको सह-आयोजनामा सञ्चालित सो तालिममा माडीभरबाट १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिमको शुक्रबार माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि महतोले प्रोजेक्टर चालु गरी तालिमको औपचारिक उद्घाटन गर्नुभएको हो । मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेस बसन्तपुरको निर्माणाधीन सभाहलमा जारी रहेको सो तालिमको प्रशिक्षक लक्ष्मण तिवारी तथा सह-प्रशिक्षक प्रमोद सापकोटा रहनुभएको छ । ३ दिनसम्म जारी रहने र त्यस क्रममा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने छ । स्वदेश एफ.एम.ले यसअघि गत असार दोश्रो साता निःशुल्क रेडियो उद्घोषण तालिम सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार