

माडीका
व्यवसायिक माछापालक कृषकहरुले माछाको मुल्य निर्धारण गरेका छन् । मत्स्य
व्यवसायी संघ माडीको बैठकबाट निर्धारण गरिएको माछाको नयाँ खुद्रा बिक्री आज
बैशाख २ गतेबाट कार्यान्वयनमा आएको हो ।
माछाको नयाँ मुल्यसुची
अनुसार रहु, नैनी, ग्रास, कमन र बिगहेड जातका माछा प्रति केजी ३५०, सिल्भर,
पंगास र छाडा जातको माछा प्रतिकेजी ३४० र छडी माछा प्रतिकेजी २९० रुपैंया
निर्धारण गरिएको मत्स्य व्यवसायी नेत्रनाथ आलेले जानकारी दिनुभयो । माडीमा
उत्पादित ज्यूदो माछाको स्थानीय बजार मुल्य पहिलोपटक निर्धारण गरिएको हो ।


