१६औं निजामती सेवा दिवसको अवसर पारी माडीको बघौंडा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
निजमती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले देशैभर रचनात्मक काम गरी
निजामती सेवा दिवस मनाउन परिपत्र गरेअनुसार माडीका कर्मचारीहरुले बघौंडा
अस्पतालमा बिरामीहरुसंग भलाकुसारी गर्दै फलफूल वितरण गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अगुवाईमा माडीमा कार्यरत निजामती कर्मचारीहरु सहभागी रहेको सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो ।
निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण, सरसफाईजस्ता कार्यक्रम हुँदै आएको
छ । नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउन थालिएको हो । नेपालमा करिब
८३ हजार निजामती कर्मचारी रहेका छन् ।




