माडी (स्थानीय) खबर पोष्ट

छनौटको उत्कृष्ट विद्यालय बनाउन माडीका शिक्षकहरुको प्रतिबद्धता

माडीका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक सुधारको अभियान चलाउँदै आफ्नो विद्यालयलाई विद्यार्थीको छनौटको उत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

शिक्षक र विद्यालयहरुले आज एक कार्यक्रमबिच आउँदो बर्षको एस.ई.ई. परीक्षाको नतीजा सुधार्ने समेत प्रतिबद्धता जनाएका थिए । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरम पारी माडी नगरपालिकाद्वारा आयोजित एस.ई.ई. २०७६ सिकाई उपलब्धी प्रक्षेपण तथा प्रतिबद्धता विषयक शैक्षिक छलफल कार्यक्रमका सहभागीहरुले सो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा माडीका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र विद्यार्थी प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

“गुणस्तरीय शिक्षाको खोजीमा माडी छोड्न खोज्न चाहनेहरुका लागि हाम्रो विद्यालयलाई उत्कृष्ट छनौटको विद्यालयको रुपमा विकसित गर्न हामी सबै आ-आफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण ढंगबाट अगाडि बढ्न र अपेक्षित उपलब्धी हासिल गर्न प्रतिवद्ध छौं ।” सहभागीहरुले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा लेखिएको छ ।

मनकामना पार्टी प्यालेसमा सम्पन्न सो कार्यक्रममा सम्पूर्ण विद्यालयहरुले एस.ई.ई. २०७६को प्रक्षेपण नगरपालिकालाई पेश गरेका थिए । नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले कार्यपत्र पेश गर्दै विगत र वर्तमानमा माडीका विद्यालयहरुको शैक्षिक अवस्था लगायत शिक्षा क्षेत्रमा माडी नगरपालिकाले गरेको लगानीको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार