माडी (स्थानीय) खबर पोष्ट

काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत पूर्वनिर्धारित वडा भेला स्थगित

नेपाली काँग्रेसको हिमाल पहाड तराई मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत आज मंगलबारका लागि पूर्वनिर्धारित संयुक्त वडा भेला स्थगित भएको छ ।

माडी नगरपालिका वडा नं. ३, ४, ५ र ६ को संयुक्त वडा भेला आज बसन्तपुरमा हुने कार्यतालिका रहेकोमा अर्को सु्चना जारी नहुँदासम्म स्थगन गरिएको काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले जनाउनुभयो । मध्यनेपालका अधिकांश ठाउँहरुसंगै माडी उपत्यकामा अबिरल बर्षाका भइरहँदा माडीको यातायात सेवा अवरुद्ध भएकाले कार्यक्रम रोकिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया