माडी (स्थानीय) खबर पोष्ट

राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै ज्ञानेन्द्र शाही

चितवन, १३ असार ०८३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्।

शाहीले पार्टीभित्रका आन्तरिक विवादहरूलाई महाधिवेशनमार्फत नै समाधान गर्नुपर्ने बताउँदै विवादलाई संस्थागत प्रक्रियाबाट टुंगो लगाउनेमा जोड दिए। उनले आफ्नो लक्ष्य केवल अध्यक्ष परिवर्तन मात्र नभई सम्पूर्ण पार्टी संरचनामा “सेट चेन्ज” ल्याउने रहेको उल्लेख गरे।

शाहीले पार्टीको माथिदेखि तलसम्म संरचनागत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राप्रपालाई आफ्नै बलमा प्रतिस्पर्धी राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। राप्रपाको महाधिवेशन मंसिर २६–२८ गते काठमाडौंमा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया