चितवन, १३ असार ०८३ — चितवन–३ की सांसद एवं कानुनमन्त्री सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो निर्वाचित महिला उपसभापति बन्नुभएको छ।
रास्वपाको महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा उहाँले ७८९ मत प्राप्त गरी विजयी बन्नुभएको हो। उहाँकी प्रतिस्पर्धी डा. तोसिमा कार्की ले ५७२ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, ६७३ मत प्राप्त गरी विपिन कुमार आचार्य महामन्त्रीमा निर्वाचित बन्नुभएको छ। निकटतम् प्रतिद्वन्द्वी मनिष झालाई पराजित गर्दै उहाँ रास्वपाको पहिलो निर्वाचित महामन्त्री बन्नुभएको हो । महामन्त्रीका लागि मनिष झा, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धी रहनुभएको थियो ।

खुला सहमहामन्त्रीतर्फ असिम शाह ४७१ मत र हरि ढकाल ४१० मत प्राप्त गरी निर्वाचित बन्नुभएको छ। महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मत प्राप्त गरी निर्वाचित बन्नुभएको छ।



