माडी (स्थानीय) खबर पोष्ट

माडी नगरस्तरीय हाजिरीजवाफमा जनजीवन मावि प्रथम

चितवन, १२ असार ०८३ — माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न माडी नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय खरकट्टा प्रथम भएको छ ।

शुक्रबार माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयमा सम्पन्न सो प्रतियोगितामा माडी माध्यमिक विद्यालय बसन्तपुर द्वितीय तथा दिवाकर स्मृति माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्। माडी नगरपालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको सो प्रतिस्पर्धामा जनकल्याण मा.वि.ले चाैथो (सान्त्वना) स्थान हासिल गरेको थियो ।

प्रतिष्ठानकी सदस्य इन्दिरा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रमको सञ्चालन प्रविण भण्डारी र नारायण दुबे पोख्रेलले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया