देश-प्रदेश खबर पोष्ट

विप्लव नेतृत्वको माओवादीबाट पाँच केन्द्रीय सदस्यसहित ३३ जनाको सामूहिक राजीनामा

चितवन, १२ असार ०८३ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका रुपन्देहीका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका छन्।

शुक्रबार जारी संयुक्त घोषणापत्रमा उनीहरूले पार्टी नेतृत्वले सही राजनीतिक दिशा दिन नसकेको, कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको र अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै जिम्मेवारीबाट मुक्त भएको बताएका हुन्।

राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू शरद ओली, जय पौडेल, विष्णु तिवारी, शंकर ज्ञवाली र मदन थारूसहित जिल्ला तथा स्थानीय तहका नेताहरू रहेका छन्। उनीहरूले कम्युनिष्ट आन्दोलनबाट अलग नभई पुनर्गठन र वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय रहने बताएका छन्।

तपाईको प्रतिक्रिया

ताजा समाचार