देश-प्रदेश खबर पोष्ट

विद्युतीय सवारीमा कर बढाएर सरकार उल्टो दिशामा हिँड्यो : कुलमान घिसिङ

चितवन, १३ असार ०८३ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उल्टो दिशामा नीति अघि बढाएको आरोप लगाएका छन्। मन्थलीमा आयोजित पत्रकार तथा नागरिक अगुवासँगको भेटमा बोल्दै उनले पेट्रोलियम पदार्थको प्रयोग घटाउन विद्युतीय सवारीमा सहुलियत दिनुपर्नेमा उल्टै कर बढाउनु सरकारको उल्टो यात्रा भएको बताए।

घिसिङले शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने निर्णय जनविरोधी भएको उल्लेख गर्दै यसले पार्टीहरूको घोषणापत्रसमेत उल्लंघन गरेको दाबी गरे। साथै, न्यूनतम ज्याला नबढाएको भन्दै सरकार श्रमिकमैत्री नभएको उनको आरोप छ।

उनले बजेटमा हेरफेर भएको विषय उठाउँदै वर्तमान अर्थमन्त्रीमाथि समेत प्रश्न उठाए। सरकार नागरिकमा विश्वास जगाउन असफल भएको भन्दै उनले यस्तो अवस्था कायम रहे देशमै केही गर्ने वातावरण नबन्ने चेतावनी दिए।

तपाईको प्रतिक्रिया