माडी न.पा. ८, खरकट्टा र कान्तिपुरका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण भएको छ ।
कुसुमखोलाबाट आई खरकट्टा र कान्तिपुर क्षेत्रमा बसोबास गरिरहेका
घरपरिवारमा रहेका कुल ५३ जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
नेपाल चेपाङ संघ जिल्ला समन्वय समिति चितवनको समन्वयमा काठमाडौंस्थित
हार्टबिट नामको संस्थाले बालबालिकाहरुलाई स्वेटर वितरण गरेको हो ।
स्वेटर हस्तान्तरण कार्यक्रममा दातृसंस्थाका
कार्यक्रम व्यवस्थापक जुजुकाजी महर्जन तथा संस्थामा कार्यरत
स्वयम्सेवकहरुसंगै नेपाल चेपाङ संघका चितवन जिल्ला सदस्य छवि चेपाङको
सहभागिता रहेको थियो । आर्थिक अवस्था कमजोर रहेका माडीका चेपाङ समुदाय खान
लाउन र शिक्षादीक्षाका लागि खर्चको जोहो गर्न कठिन हुने अवस्थामा छन् ।




