चितवन खबर पोष्ट

जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला

चितवन, १ भाद्र २०८३ — माडी नगरपालिका–६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनका लागि अभिभावक भेला आयोजना भएको छ। विद्यालयले भोलि भदौ २ गते बिहान ११ बजे अभिभावक भेला बोलाएको हो।

विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.का अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानुनी व्यवस्थामा भएका परिवर्तन (दशौं संशोधन) का कारण विद्यालयको वि.व्य.स. पुनः गठन गर्नुपर्ने अवस्था आएको हो। यसअघि, गत चैतमा वि.व्य.स. गठन गरिएको थियो। त्यसलगत्तै जेठ १० गते पुनः समिति गठन गरिएको थियो।

नयाँ वि.व्य.स. गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको पाँच वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयमा समेत वि.व्य.स. पुनः गठन हुने अवस्था बनेको छ।

तपाईको प्रतिक्रिया