चितवन, ३१ श्रावण २०८३ — माडीमा ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। ‘होप फर चिल्ड्रेन’को General Health Checkup Program अन्तर्गत आयोजित स्वास्थ्य शिविरमा करिब ८१ जना बालबालिका उपचार तथा स्वास्थ्य परीक्षणमा सहभागी भएका थिए।
बालबालिकाको स्वास्थ्य अवस्था पहिचान तथा आवश्यक उपचारका लागि आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्यसम्बन्धी जाँच तथा परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा लायन्स क्लब अफ माडी इको र औषधी व्यवसायी संघ माडी समिति लगायतका संस्थाहरूले सहयोग गरेका थिए। ‘होप फर चिल्ड्रेन’ले माडीको बघाैंडा, रेवा टोल, रतनी र धोबाहा क्षेत्रका बालबालिकाको स्वास्थ्य तथा समग्र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।




