देश-प्रदेश खबर पोष्ट

महिनावारी सामग्रीहरुमा कर हटाउन माग गर्दै चितवनमा प्रदर्शन (भिडियो)

महिनावारी हुँदा प्रयोग हुने सेनेटरी प्याड लगायतका सामग्रीहरुमा राज्यले लगाइरहेको कर हटाउन माग गर्दै चितवनका महिलाहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका छन् । महिनावारी सामग्रीमा कर लगाउनु अर्को अर्थमा महिलाहरुको मासिक धर्ममै कर लगाउनु रहेको उनीहरुको भनाई थियो ।

माडीका सक्रिय महिलाहरुको संस्था न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम), मितेरी जैविक प्याड उत्पादन केन्द्र, चितवन र राधा पौडेल फाउण्डेशनको संयुक्त आह्वानमा महिनावारी कर हट्नुपर्ने भन्दै -याली प्रदर्शन भएको हो । प्रदर्शनका सहभागीहरुले ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’, ‘महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

नेपालमा महिनावारीमा आवश्यक पर्ने सामग्रीको कर नीतिगत रुपमा हटिसकेको भएपनि कच्चा पदार्थको आयात भने अझै असहज रहेको मितेरी जैविक प्याड उत्पादन केन्द्रकी प्रतिनिधी साबित्री भण्डारीको भनाई थियो । अमेरिकाको मिन्नेसोटा बाहेकका राज्यहरुमा ट्याम्पन ट्याक्सको नाउँमा यसप्रकारको कर कायम रहेको भन्दै अमेरिकी महिलाहरुले अक्टोबर १९ मा यस बिरुद्धको प्रदर्शन गर्दै आएका छन् । सो आन्दोलनलाई प्रतिकात्मक रुपमा समर्थन गर्दै चितवनमा प्रदर्शन भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार