माडी (स्थानीय) खबर पोष्ट

एकसाता लामो अनसन स्थगन गर्नुभएका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

एकसाता लामो आमरण अनसन स्थगन गर्नुभएका वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

वडाध्यक्ष पौडेलको हाल भरतपुर अस्पतालको क्याबिनमा उपचार भइरहेको छ । गत फाल्गुन ७ गते साँझ ८:३० बजेबाट आमरण अनसन सुरु गर्नुभएका वडाध्यक्ष पौडेललाई स्वास्थ्य अवस्था गम्भीर भएसंगै फाल्गुन १२ गते बिहान भरतपुर अस्पताल लगिएको थियो । अस्पतालको आई.सि.यु.मा आमरण अनसन जारी राख्नुभएका उहाँले चितवनका राजनैतिक दलहरु एवं नेकपा अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डको आग्रहमा गएसाँझ अनसन स्थगन गर्नुभएको हो ।

अनसन अन्त्य गर्दा शरीरमा भिटामिन, प्लेटलेट्स र सुगर लगायतको मात्रामा कमी रहेकोमा हाल त्यसको उपचार जारी रहेको अस्पतालले जनाएको छ । उहाँलाई अवस्था हेरी आगामी दुई दिनभित्र डिस्चार्ज गर्न सकिने जनाइएको छ । हाल उहाँ रहनुभएको क्याबिनमा पुगी स्वस्थ्यलाभको कामना गर्नेहरुको भीड बढेको छ ।

तपाईको प्रतिक्रिया