माडी (स्थानीय) खबर पोष्ट

घरछेउको पराल टौवामा उम्रिएको च्याउ खाँदा माडी सेरुवा निवासी तीनजनालाई फुड प्वाइजनिङ

घरछेउको टौवामा उम्रिएका च्याउ खाएका माडी सेरुवा निवासी एकै परिवारका तीनजनामा बिरामी भई अस्पताल भर्ना भएका छन् ।

गएसाँझ घरसंगैको परालको टौवामा पलाएको च्याउको चटनी खाएका उनीहरु (नाम गोप्य)लाई गएराती अचानक पेट दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिएसंगै आकस्मिक रुपमा बघौंडा अस्पताल भर्ना भएका थिए । अस्पतालले फुड प्वाइजनिङ भएको निष्कर्ष सहित तत्कालै उपचार सुरु गरेको थियो । हाल बिरामीहरुको अवस्थामा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

व्यवसायिक रुपमा उत्पादन भएको बाहेक अन्य जंगली च्याउहरु बिषालु हुनसक्ने भएकाले च्याउ खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । २०२५ थरीका च्याउका प्रजाति मध्ये १ सय १० प्रकारका मात्र खान योग्य च्याउ र १०० प्रकारका विषालु च्याउ छन् । जंगल र बारीमा उम्रिने विषालु च्याउ खाँदा ज्यान जानसक्ने भएकाले जंगली च्याउ छुँदै नछुन स्वास्थ्यकर्मीहरुको सुझाव छ । नेपालमा विषालु च्याउका कारण वर्षेनी ३० जना भन्दा बढीको मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार