स्वदेशपोष्ट विशेष

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडीका युवा क्लबहरु

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडी बसन्तपुरका दुई युवा क्लबहरु परस्पर प्रतिस्पर्धा गर्दै काममा जुटेका छन् ।

बसन्तपुर बजारमा साविकमा क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्र्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएकोमा एकीकृत क्लबले माडी क्याम्पसलाई आइसोलेशन केन्द्र बनाउन सहयोगी भूमिका निभाइरहेको क्लबका प्रतिनिधी रवि भुर्तेल बताउनुहुन्छ । त्यसैगरी बसन्तपुरमै क्रियाशील बसन्तपुर युनाइटेड क्लबले माडी माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टर व्यवस्थापन र त्यसका लागि आवश्यक श्रोतसामग्रीहरु जुटाउन सक्रियता जनाइरहेछ ।

दुबै क्लबहरु खेलकुदसंगै सामाजिक जिम्मेवारीमा अग्रपंक्तिमा रहने निष्कर्षमा छन् । बसन्तपुर युनाइटेडले बघौंडा अस्पतालमा रगत आवश्यक परेका विरामीहरुका लागि रक्तदाता उपलब्ध गराउन स्वयम्सेवी परिचालन गर्दै आएको छ भने बजार सरसफाई, चौर सरसफाई, रक्तदान कार्यक्रम, जरुरत परेकालाई सहयोग वितरण तथा अन्य सामाजिक सक्रियता जनाइरहेको क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिनुभयो । बसन्तपुर युथ क्लबले समेत उस्तै यात्रा तय गर्ने जमर्को कसेको क्लबका प्रतिनिधी मिलन पनेरुको भनाई छ । दुबै क्लबहरु आपसी समन्वययमा सामाजिक क्षेत्रमा क्रियाशील रहनु राम्रो रहेको बजारका अगुवाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार