चितवन खबर पोष्ट

माडी माविका प्रधानाध्यापक भुपेन्द्र पौडेलद्वारा राजीनामा, वि.व्य.स. बैठकबाट स्वीकृत

चितवन, १० भदाै २०८३ — माडी माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। वि.सं. २०७५ साल कार्तिकदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएका पौडेलले मंगलबार राजीनामा दिनुभएको हो।

उहाँको राजीनामा विद्यालय व्यवस्थापन समितिको बैठकले बुधबार (आज) स्वीकृत गरेको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

पौडेलले प्रधानाध्यापकका रूपमा विगत ७ बर्षदेखि विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्दै आउनुभएको थियो। उहाँको कार्यकालमा विद्यालयमा विज्ञान र पशुविज्ञान बिषयमा दश जोड २ सञ्चालनका साथै होटल म्यानेजमेन्ट र अन्य संकाय समेत सञ्चालन सुरू भएको थियो भने संघीय सरकारबाट नमुना विद्यालयका रूपमा सम्मान समेत पाएको थियो ।

तपाईको प्रतिक्रिया