चितवन, १३ भाद्र २०८३ — चितवनको माडीका युवा इञ्जिनियर बिमल काफ्लेको रसुवा बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ। गत भदाै १० गतेको अप्रत्यासित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव कावासोती क्षेत्रमा फेला परेको थियो। शनिबार दिउँसो शवको सनाखत भएपछि उहाँको मृत्यु पुष्टि भएको हो।
माडी नगरपालिका–७, देवेन्द्रपुर निवासी काफ्ले हाइड्रो इञ्जिनियरका रूपमा रसुवामा कार्यरत हुनुहुन्थ्यो। रसुवामा आएको बाढीपहिरोका क्रममा उहाँ सम्पर्कविहीन हुनुभएको थियो।
माडीबाट हालसम्म सो बाढीमा परेका एकजना उहाँमात्रै रहेकाे ज्ञात रहेकोमा उहाँको मृत्यु पुष्टी समग्र माडीमा शोक छाएको छ। स्थानीयवासीले उहाँको निधनले परिवारसँगै माडीले एक होनहार युवा प्राविधिक गुमाएको बताएका छन्।




