चितवन खबर पोष्ट

कृष्णनगर माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढ्यो

चितवन, १० भदाै २०८३ — माडी-९, कृष्णनगरस्थित श्री कृष्णनगर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन प्रक्रिया अघि बढेको छ। यही भदौ १० गते सम्पन्न अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चार जनालाई मनोनित गरेको हो।

अभिभावक भेलाबाट माडी-९ निवासी सूर्य देवकोटा, दीपक राई, संगीता अधिकारी र आध्याश्री विकलाई वि.व्य.स. सदस्यमा मनोनित गरिएको विद्यालयले जनाएको छ।

माडी नगरपालिकाको निर्देशन तथा शिक्षा ऐन, २०२८ को दफा १२(क) बमोजिम अभिभावकबाट सदस्य मनोनित गरिएको जनाइएको छ। शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाइएको हो।

नयाँ वि.व्य.स. गठनका लागि सम्बन्धित विद्यालयमा सञ्चालित तहअन्तर्गतको कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको कम्तीमा पाँच वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ

तपाईको प्रतिक्रिया