चितवन, १० भदाै २०८३ — माडी–१, बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन प्रक्रिया अघि बढेको छ। बुधबार बसेको अभिभावक भेलाबाट व्यवस्थापन समिति सदस्यमा चार जनालाई मनोनित गरिएको हो।
समिति सदस्यमा माडी–१, बरुवा निवासी रविन्द्र सिंह ठकुरी, माडी–१, लक्ष्मुनियाँ निवासी टोपकला पोख्रेल, माडी–२, भैरवपुर निवासी दाताराम पौडेल र माडी–३, भैरवपुर निवासी ज्योति सुनार मनोनित हुनुभएको छ।
माडी नगरपालिकाको निर्देशन तथा शिक्षा ऐन र शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार अभिभावकबाट सदस्य मनोनित गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढाइएको हो।

माडी नगरपालिकाले नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि भदौ १२ गतेसम्मको समयसीमा तोकेको बताइएको छ। सो अवधिभित्र नगरभित्रका अन्य विद्यालयमा समेत नयाँ मापदण्डअनुसार वि.व्य.स. पुनः गठन हुने जनाइएको छ।



