देश-प्रदेश खबर पोष्ट

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, ५५४ अझै बेपत्ता

चितवन, १३ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा त्यसपछि विभिन्न नदीमा बगेर आएका ६१६ जनाको शव फेला परेको जनाएको हो । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जना रहेका छन् ।

प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन् ।

यसैबीच, नेपाल–चीन सीमावर्ती तिब्बतस्थित केरुङ नाकामा आएको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् । चिनियाँ अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धारका लागि व्यापक अभियान सञ्चालन गरिरहेका छन् ।

समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार बिहान ९ः३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद्ग्रस्त मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको छ । बाढीका कारण नेपाल र तिब्बत दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति भएको छ र बेपत्ताको खोजी तथा शव पहिचानको काम अझै जारी छ ।

तपाईको प्रतिक्रिया