देश-प्रदेश खबर पोष्ट

लकडाउन सुरु भएसंगै रोकिएको माडीको कालोपत्रे परियोजना ५ महिनापछि सुचारु

लकडाउन सुरु भएसंगै गतबर्ष चैत १० गतेदेखि रोकिएको हुलाकी सडक कालोपत्रे परियोजना करीब ५ महिनापछि सुचारु भएको छ ।

यस कार्य अन्तरगत बनकट्टाबाट खाल्डा खुल्डी पुर्ने, बेस म्याटेरियल बिछ्याउने र सम्याउने कार्य सुरु भएको हो । बाटोमा बिछ्याइएका बेस र सबबेसहरु बर्षाका कारण बिग्रिएका र खोलाहरुले क्षती गरेकाले साउन अन्तिमसम्म त्यसको मर्मत गरी भदौ पहिलो हप्तादेखि कालोपत्रेको काम सुचारु गरिने आशिष निर्माण सेवाले जनाएको छ ।

आशिष निर्माण सेवाले बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेको काम सुचारु गर्दा परुई खोलादेखि बगहीँसम्म कालोपत्रेको जिम्मेवजारी पाएको ठेकदार पक्षले कालोपत्रेका लागि आवश्यक सामग्री तयार गर्न अस्थायी क्रसर प्लाण्ट स्थापनाको प्रक्रिया सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार