माडी (स्थानीय) खबर पोष्ट

निकुञ्जभित्र भूमिगत केबुलमा निरन्तर फल्ट आइरहेकाले ‘डबल सर्किट’ जडान हुने

माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा निरन्तर फल्ट आइरहँदा नेपाल विद्युत प्राधिकरणले बैंकल्पिक ‘डबल सर्किट’ जडान गर्न लागेको छ ।

एक दशकअघि बिछ्याइएको केबुल पटक पटक पञ्चर हुने र माडीको बिद्युत अवरुद्ध हने गरेकाले प्राधिकरणले बैंकल्पिक सर्किट बिछ्याउन लागेको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्सालले जानकारी दिनुभयो । बैकल्पिक केबुल बिछ्याउने परियोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इ.आई.ए.) पुरा भइसकेको र विद्युत विकास विभागबाट सैद्धान्तिक सहमती लिइसकेको उहाँले जनाउनुभयो । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत केबुलमा पटक पटक समस्या आउँदा माडीका विद्युत उपभोक्ताहरुसंगै प्राधिकरणका कर्मचारीहरुले समेत सास्ती भोग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया