माडी (स्थानीय) खबर पोष्ट

नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटि माडीको अध्यक्षमा शिव प्रसाद पाठक चयन

चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटि माडीको अध्यक्षमा शिव प्रसाद पाठक चयन हुनुभएको छ ।

माडी क्याम्पसको सभाहलमा सम्पन्न तेश्रो नगर अधिवेशनबाट पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा तोयानाथ अधिकारी र सोमादेवी पन्त, सचिवमा दिनेशमणि शर्मा, कोषाध्यक्षमा सन्तोष कुमार दाहाल, सहसचिवमा उमा देवी शर्मा, र सहकोषाध्यक्षमा पवित्रा चापागाईं चुनिनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा डिल बहादुर के.सी., शिशिर अधिकारी, हर्कबहादुर महता, सीता दुवाडी, परसुराम सुवेदी, मनकुमारी चपाई, डोलमाया गायक, राम विनय यादव, डण्डपाणी पण्डित र गोपीराम महतो चयन हुनुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य दीपनाथ आचार्यले जानकारी दिनुभयो ।

नगर अध्यक्ष रामप्रसाद भण्डारी अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका जिल्ला उपाध्यक्ष रामजी भण्डारीकाे प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथिमा नेकपा एमाले चितवन शिक्षा तथा मानव संसाधन समिति अध्यक्ष नारायणप्रसाद पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध माडी भरका १०० जना शिक्षकहरूको सहभागिता रहेको थियाे ।

तपाईको प्रतिक्रिया