चितवन खबर पोष्ट

विश्व युवा दिवसमा बाँदरमुढे स्मारक सरसफाइ र युवा संवाद कार्यक्रम हुने

चितवन, २५ श्रावण २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध माडी नगर RAT समितिले बाह्रौँ विश्व युवा दिवसको अवसर पारेर बाँदरमुढे स्मारक क्षेत्र सरसफाइ गर्ने भएको छ।

समितिको आयोजनामा भोलि श्रावण २६ गते बिहान ७ बजेदेखि बाँदरमुढे स्मारक क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने माडी नगर RAT संयोजक अचित कार्कीले जानकारी दिनुभयो।

सरसफाइ कार्यक्रमपछि बिहान ८ बजेदेखि ९ बजेसम्म बसन्तपुरस्थित कृष्ण कटेजमा युवा संवाद तथा युवाका समस्या संकलन कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो।

युवाका समस्या, आवश्यकता तथा स्थानीय स्तरमा युवाका लागि गर्नुपर्ने कामबारे प्रत्यक्ष संवादमार्फत सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया