चितवन खबर पोष्ट

अन्तर्राष्ट्रिय युवा दिवसमा माडीमा ‘ट्रेक टु सोमेश्वर हिल’ आयोजना हुने

चितवन, २५ श्रावण २०८३ — अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा माडीमा ‘ट्रेक टु सोमेश्वर हिल’ कार्यक्रम आयोजना भएको छ। ‘Different Contexts, Common Aspirations’ भन्ने नारासहित आयोजना हुन लागेको ट्रेकिङ कार्यक्रम २०८३ साल श्रावण ३० गते बिहान ८ बजे सुरु हुने आयोजकले जनाएको छ।

माडी युथ भोलेन्टियर ग्रुपको आयोजनामा हुने कार्यक्रममा चितवन सक्रिय महिला फाउन्डेसन र ActionAid Nepalले सहयोग रहनेछ। कार्यक्रममा युवाहरूको सहभागिता, प्रकृतिसँगको सम्बन्ध, सामुदायिक सक्रियता तथा स्वास्थ्य र पर्यटन प्रवर्द्धनलाई जोड दिइने जनाइएको छ।

आयोजकका अनुसार कार्यक्रमले युवाहरूबीच सहकार्य, सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै माडीको पर्यटकीय सम्भावनालाई प्रवर्द्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ

तपाईको प्रतिक्रिया