चितवन खबर पोष्ट

मेघौलीमा बाघको आक्रमणबाट ६५ वर्षीय मङ्गले बोटेको मृत्यु

चितवन, २६ श्रावण २०८३ — भरतपुर महानगरपालिका-२८, मेघौलीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघौलीका ६५ वर्षीय मङ्गले बोटे रहेका छन्।

बिहान मर्निङवाकका लागि घरबाट निस्किएका बोटेलाई बाघले आक्रमण गरेको र उनको शव मेघौली विमानस्थल नजिकैको जंगलमा फेला परेको भरतपुर–२८ का वडा अध्यक्ष डण्डपाणी रिजालले जानकारी दिएका छन्।

वडा अध्यक्ष रिजालका अनुसार बोटेलाई आक्रमण गर्ने बाघ घटनास्थल नजिकैको झाडीमा रहेको आशंका गरिएको छ। बाघ झाडीमै रहेको हुनसक्ने भन्दै सुरक्षा टोलीले घटनास्थललाई घेराबन्दी गरी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुसन यादवले घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्। घटनापछि मेघौली क्षेत्रमा स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया