माडी (स्थानीय) खबर पोष्ट

नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, माडीको सभापतिमा बिन्दु कुमारी महतो चयन

चितवन । नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाको सभापतिमा बिन्दु कुमारी महतो चयन हुनुभएको छ । उपशाखाको शनिबार सम्पन्न २६औं साधारणसभा तथा ८औं अधिवेशनबाट महतोको सभाध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपसभापतिमा पार्वती लामिछाने, सचिवमा भोजराज पौडेल, सहसचिवमा भोला पौडेल, कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल, सह-कोषाध्यक्षमा सुरेश अधिकारी चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा कोपिला पराजुली, गणेश मल्ल, लक्ष्मी आचार्य, चुडामणि पौडेल र ऋषिराम काफ्ले रहनुभएको छ ।

उपशाखाका निवर्तमान सभापति हेमलाल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापति हरि प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपशाखाका आजीवन सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार