खेल र खेलाडी पोष्ट

सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सोमेश्वर मा. वि. बरुवाले जित्ने निश्चित

माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जित्ने निश्चित भएको छ ।

विहीबार र शुक्रबार एथ्लेटिक्सका २० वटा स्पर्धाहरु सकिएकोमा सोमेश्वर माध्यमिक विद्यालयले १२ स्वर्ण सहित २ रजत र ३ काश्य पदक हासिल गरिसकेको छ । दोश्रो स्थानमा रहेको माडी माध्यमिक विद्यालय बसन्तपुरको ३ स्वर्ण, ३ रजत र ३ वटै काश्य पदक रहेको छ ।

यसबाहेक जनकल्याण मा.वि. कल्याणपुरको २ स्वर्ण ५ रजत र ४ काश्य, सगरमाथा मा.वि. हनुमानझुलाको २ स्वर्ण १ रजत र ३ काश्य तथा जनजीवन मा.वि. खरकट्टाको १ स्वर्ण, २ रजत र २ काश्य पदक रहेको छ ।

दिवाकर स्मृति मा.वि., खैरहनी मा.वि., कृष्णनगर मा.वि. र विद्याज्योति अंग्रेजी स्कुललले शुक्रबारसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । दिवाकरको ४ रजत र १ काश्य, विद्याज्योतिले २ रजत, कृष्णनगरको २ रजत र २ काश्य तथा खैरहनी मा.वि.को २ काश्य मात्रै रहेको छ ।

रनिङ शिल्ड पुरा हुन अब भलिबल सहित ८ वटामात्रै स्पर्धाहरु बाँकी रहेका छन् । यस्तोमा, दोश्रो स्थानमा रहेको माडी मा.वि.संग सोमेश्वर मा.वि.ले ९ स्वर्णको अन्तर बनाइसकेकाले यसबर्षको रनिङ शिल्ड सोमेश्वर मा.वि. बरुवाले उचाल्ने निश्चित भएको हो । सो विद्यालयले यसअघि लगातार ३ बर्ष शिल्ड जित्दै रनिङ शिल्ड आफ्‌नो बनाइसकेको छ ।

तपाईको प्रतिक्रिया