

माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङ प्रहरी नायव उपरीक्षक (डी.एस.पी.)मा बढुवा सिफारिस हुनुभएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार चितवनस्थित ईलाका प्रहरी कार्यालय माडीमा कार्यरत दोङ र चितवनकै रामनगरस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत इन्स्पेक्टर हस्तबहादुर सुनार सहित नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टरहरु डी.एस.पी.मा बढुवा सिफारिस भएका हुन् ।

उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । दोङ डी.एस.पी.मा बढुवा भएसंगै प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहसम्मको दरबन्दी रहेको ईलाका प्रहरी कार्यलय माडीमा नयाँ कार्यालय प्रमुख आउने आवस्था बनेको छ ।
