

माडी, चितवन । बसन्तपुर बजारका युवाहरुद्वारा हालैमात्र स्थापित बसन्तपुर राइजिङ स्टार्स क्लबको आयोजनामा बजार क्षेत्रमा सरसफाई गरिएको छ ।

संस्था (क्लब)का अध्यक्ष तेजेन्द्र परियारको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, शसस्त्र प्रहरी, बसन्तपुर बजारबारी र स्थानीय समेत करीब ५० जनाको सहभागिता रहेको थियो ।

खेलकूद सहित विभिन्न सामाजिक कार्यका साथै रचनात्मक काम गर्ने उद्देश्यले युवाहरुको सहभागितामा संस्था (क्लब)को स्थापना गरिएको संस्थाका अध्यक्ष तेजेन्द्र परियारले बताउनुभयो ।

क्लबको तदर्थ समिति उपाध्यक्षमा श्रीजा थापा, सचिवमा विश्वास आचार्य, सहचिवमा पञ्चम महतो र कोषाध्यक्षमा उमेश लामिछाने रहनुभएको छ भने सदस्यहरुमा रोशन तामाङ, सुरज लामिछाने, सुलभबन्धु पोख्रेल, नेत्रज्योति भुसाल,प्रिती ढकाल र रञ्जना लम्साल रहनुभएको छ ।