चितवन खबर पोष्ट

‘प्रचण्ड र रवि ध्रुबे हात्तीजस्तै चितवनका खराब प्रवत्ति’: एमाले स्थायी कमिटि सदस्य ढकाल (भिडियो)

माडी, चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले प्रचण्ड र रवि लामिछानेलाई ध्रुबे हात्तीसंग तुलना गर्दै ‘चितवनका खराब प्रवत्तिको विम्ब’का रुपमा आलोचना गर्नुभएको छ ।

नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशनको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्व मन्त्री समेत रहनुभएका ढकालले माओवादी अध्यक्ष प्रचण्ड र रा.स्व.पा. सभापति लामिछानेप्रति तीब्र कटाक्ष गर्दै उहाँद्वयलाई ध्रुबे हात्तीसंग तुलना गर्नुभएको हो ।

माओवादी अध्यक्ष ‘प्रचण्डले संधै जालझेल, तिगडम र बबण्डर गर्ने’ गरेको बताउँदै नेता ढकालले ‘एकपटक चुनाब लडेको ठाउँमा अर्कोपटक चुनाब नलड्ने र भाग्ने’ गरेको बताउनुभयो । प्रचण्डले ‘आफ्‌नो स्वार्थ पुरा गर्नका लागि मान्छे उचाल्ने, हत्या र लुटपाट गर्नेगरेको’ पनि उहाँको भनाई थियो ।

त्यस्तै रास्वपा सभापति लामिछानेले ‘जान्नेलाई छान्ने भन्दै चारवटा श्रीमती बिहे गरेको, २ वटा नागरिकता, २ वटै पासपोर्ट बोक्ने गरेको र करोडौंको ठगी गरेको’ भन्दै नेता ढकालले ‘कतै अदालत देखापरे झोलामा पैसा बोक्नुपर्ने अवस्थामा पुगेको’ भन्दै कटाक्ष गर्नुभयो ।

हाल प्रतिपक्षी खेमामा रहेका दुबै नेता ‘चितवनमा खराब पात्रको बिम्बका रुपमा चिनिने ध्रुबे हात्तीजस्तै कुख्यात हुनपुगेको’ उहाँको भनाई थियो । सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री के.पी. ओलीबिरुद्ध गलत प्रचारबाजी भएको भन्दै त्यसलाई चिर्न उहाँले एमाले पंक्तीलाई अनुरोध समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार