

माडी, चितवन । आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को दोश्रो दिनको खेलमा देवचुली नगरपालिका (क्रिकेट टीम) विजय भएको छ ।

माडी क्रिकेट टिम र देवचुली नगरपालिका (क्रिकेट टिम) बीच भएको खेलमा टस जितेर ब्याटिङ रोजेको देवचुलीले ८ विकेट गुमाउँदै १९३ कोे टार्गेट दिएको थियो । जवाफी ब्याटिङ उत्रेको माडी क्रिकेट टिम १३ ओभरमा ११६ रन बनाउँदै अलआउट हुन पुगेको थियो ।

खेलको म्यान अफ द म्याच देवचुलीका अपरिचित पाैडेल घोषित हुनुभयो । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालित सो खेल प्रतियोगिता अन्तरगत सोमबार (भोलि) पोलिकन्स क्रिकेट टिम तनहुँ र पारिजात क्रिकेट टिम टाँडी भिड्ने खेल तालिका रहेको छ ।
